२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लियो जिल्ला परिषद जे नेपालको दोश्रो बोर्ड बैठक सम्पन्न

लियो जिल्ला परिषद जे नेपालको दोश्रो बोर्ड बैठक सम्पन्न

780
Shares

काठमाडाै‌–  लियो जिल्ला परिषद ३२५ जे नेपालको लायन वर्ष २०२२/२३ को दोश्रो बोर्ड बैठक गत शनिवार गोरखामा सम्पन्न भएको छ। लियो जिल्ला परिषद ३२५ जे नेपालको आयोजनामा भएको उक्त बोर्ड बैठक लियो क्लब अफ गोरखा तथा लियो कलब अफ गोरखा तारानगरको व्यबस्थापनमा सम्पन्न भएको हो।

जिल्ला अध्यक्ष लियो किरण थापा क्षेत्रीको सभापतित्वमा सम्पन्न बैठकमा प्रमुख अतिथीमा लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे नेपालका लियो क्लब प्रमुख लायन रामराजा थापा हुनुहुन्थ्यो। बैठक भन्दा अगाडि सोही दिन लियो क्लब अफ गोरखा तारानगरको चार्टर हस्तान्तरण, पदस्थापना तथा जिल्ला परिषद भेटघाट कार्यक्रम पनि रहेको थियो। गोरखा न.पा ११ स्थित धितालडाडामा सम्पन्न भएको उक्त बैठकमा जिल्ला परिषदका पदाधिकारीहरु साथै अन्य आमन्त्रित गरि जम्मा १७ जनाको सहभागी रहेको र उक्त वैठकले लायन बर्ष २०२२/२३ लाई सफल बनाउन महत्त्वपूर्ण सावित हुने निर्णयहरु लिइएको जिल्ला अध्यक्ष थापाले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij