२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिभिएसद्वारा ‘टिभिएस एनटर्क १२५ रेस एक्सप’ सार्वजनिक

टिभिएसद्वारा ‘टिभिएस एनटर्क १२५ रेस एक्सप’ सार्वजनिक

1.1K
Shares

काठमाडौं– जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा बुधबार एक कार्यक्रममा टिभिएसका बीच ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले सार्वजनिक गरेका हुन् ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा उद्घाटन गरिएको कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो । लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले एक्सचेन्ज मेला पनि आयोजना गरेको छ ।
असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।
यो योजनामा फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij