२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युत् प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने

विद्युत् प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने

770
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले शनिबार सञ्चालन हुँदै आएको विद्युत् महसुल संकलन बन्द गर्ने निर्णय गरेको छ । शनिबार पनि विद्युत् महसुल संकलन गर्दै आएकोमा अबदेखि शनिबार विद्युत् महसुल संकलन नगरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

“विद्युत् उपभोक्ताहरूले विद्युत् सेवा उपभोग गरे बापत भुक्तानी गर्नुपर्ने विद्युत् महसुल प्राधिकरणका नियमित काउन्टरका अतिरिक्त हाल विभिन्न सेवा प्रदायक कम्पनहरू मार्फत पनि हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्टका माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ,” प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “विद्युत् महसुल बुभाउने क्रममा हुन भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबार सञ्चालन गरिँदै आएको विद्युत् महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले कात्तिक १ गतेदेखि लागु हुनेगरी शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर बन्द हुने जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij