काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकाले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ । यसरी बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij