काठमाडौं – नेकपा एमाले रामेछाप – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा असोज १० गते घटस्थापनाको दिन दशै साँस्कृतिक साझ–२०७९ को हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।
उक्त सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । चर्चित हास्यकलाकार केदार घिमिरे‘ माग्नेबुढा’, सितादेवी तिमिल्सीना, जनवादी गायक जीवन शर्मा, गायक बैकुण्ठ महत, राजा राजेन्द्र, अमृत खाती लगायत कलाकारहरुको प्रस्तुति रहनेछ ।
युग सन्देश तिनलालको किल्ला बाट यस अघि विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आहिरहेको भएतापनि यो वर्ष भने दशैको अवसर पारी कला सांस्कृतिको संरक्षण गर्दै बडा दशै साँस्कृतिक साझ– २०७९ को आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । साथ कार्यक्रमको आयोजना गर्न गहिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij