काठमाडाै- मोफसलमा रहेर पनि लामो समय देखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ। प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन्।
हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय रहेको छ।
फराज अर्पनको क्यामेरा तथा सम्पादन रहेको गीतको भिडियोमा सुदिप चौधरीको कोरियोग्राफी रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij