काठमाडौं– नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै विद्युतीय (इलेक्ट्रिक) गाडी कर्जाको विशेष योजना ल्याएको छ। बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको ‘नाडा इभी एक्सपो’ मा सहभागी हुने आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने बताएको छ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकाले यस्तो आकर्षक अफर ल्याएको बैंकको भनाइ छ। यस नाडा इभी एक्सपो अन्तर्गत बैंकको स्टल नम्बर G-12 मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी कर्जा स्वीकृति पत्र शर्तहरू लागू हुने गरी प्रदान गर्ने सुविधा बैंकले ल्याएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij