२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले ल्यायो ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवा

एनआईसी एशिया बैंकले ल्यायो ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवा

755
Shares

काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले अनलाईन खाता खोल्ने स्वदेश र विदेशमा रहेका ग्राहकका लागि भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिइएको छ ।
यदि भि-केवाइसी मार्फत आफ्नो केवाइसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कल मार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भि केवाइसी को भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने छ ।

ग्राहकहरुले भि-केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्नेछ ।

भिडियो केवाइसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij