२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

गढीमाई मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

640
Shares

काठमाडाैं – माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएकाे छ । बैंकले शनिबार बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो ।

उक्त क्युआर कोड बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलमई हस्तान्तरण गरेका थिए ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा नि:शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij