काठमाडौं- बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्तीमा परेका छन् । न्याय परिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्नका लागि कामु प्रधानन्यायाधीशसामु सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका हुन् ।
अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij