काठमाडौं– नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १४ रुपैयाँ घटेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij