२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब नेपाल बैंकबाट आइपिओ भर्दा सि-आस्वा शुल्क नलाग्ने

अब नेपाल बैंकबाट आइपिओ भर्दा सि-आस्वा शुल्क नलाग्ने

1.2K
Shares

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सि-आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।
बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपिओ भर्न सक्नेछन्। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ।

नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दैछ।
विगत केही वर्षयता बैंकले छिटो-छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिँदै युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij