२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको आइपिओ बाँडफाँट

पिपुल्स पावरको आइपिओ बाँडफाँट

1000
Shares

काठमाडौं– पिपुल्स पावरको आइपिओ आइतबार बाँडफाँट भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन्।

जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। कम्पनीको आइपिओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकोमा ५ हजार ११२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको थियो।
सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।

यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको हो। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij