२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय

साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय

1.8K
Shares

काठमाडौ– मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ। साउन २६ मा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारले बजेटमार्फत् सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो। सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सुनाउँदै भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij