काठमाडौं – पहिरोका कारण रसुवा र नुवाकोटमा सडक अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङल्हामु सडकअन्तर्गत बेत्रावती–कालिकास्थानखण्डको बनुवा भन्ने स्थानमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही पहिरोका कारण बेत्रावती–मैलुङ भित्री सडक समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोटको लिखु गाउँपालिका–१, ढिकुरेस्थित टोखा–छहरे सडकखण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटकै सूर्यगढी गाउँपालिका–५, नयाँपुलस्थित ढिकुरेबाट दुप्चेश्वर जाने सडकखण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij