२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अडानले मनायो १७ औं स्थापना दिवस

अडानले मनायो १७ औं स्थापना दिवस

1.5K
Shares

नेपाल अडिटर्स एशोसिएशन (अडान)ले विभिन्न कार्यक्रम गरी आफ्नो १७औं स्थापना दिवस मनाएको छ । सो अवसरमा अडानले काठमाडाैंमा रक्तदान, नेपाल लेखामान, मौद्रिक नीति २०७९, कर तथा कर विवरणमा भएका परिवर्तनका शेसनहरु संचालन गरिएको थियो ।

अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा संचालित शेसनहरुमध्ये नेपाल लेखामान शेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, मौद्रीक नीति शेसनको अध्यक्षता नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए । कार्यक्रममा आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजन कुमार काफ्लेलाई बधाई तथा शुभकामना दिइएको अडानले जनाएको छ ।

यस्तै अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा काठमाडौं जिल्ला कार्य समितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुखअतिथि टंकमणि शर्मा, अडान केन्द्रीय कार्य समितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष पुण बहादुर चन्दले विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij