काठमाडौं– नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले यही साउन २० गते देखि सुरू हुने गरी “फक्सवागन मनसुन एक्सचेन्ज” एक्सचेन्ज योजना ल्याएको छ। आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो ।
सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन्।
यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। जसमा सहज फाइनान्सको सुविधा पनि उपलब्ध हुनेछ। साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ । जसअनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले nSh/L रिसोर्टमा Staycation जित्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij