काठमाडौं– मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार साँझ आईपिओ बाँडफाँड गरिएको हो ।
आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले आवेदन गरेकोमा १ हजार ६६५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी १५ लाख ४६ हजार २८४ वटा आवेदनलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।
जसमध्ये गोलप्रथाबाट न्युनतम १० कित्ताको दरले १ लाख ९ हजार ३७४ जना आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । बाँकी १४ लाख ३७ हजार आवेदकको हात खाली भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij