२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको मूल्य यस्तो छ

आज सुनको मूल्य यस्तो छ

1.2K
Shares

काठमाडौं – स्थानीय बजारमा सुनको भाउ एक साताको अन्तरालमा एक हजार ३०० रुपैयाँले वृद्धि भएको छ । आज ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
सुनका भाउ गएको शुक्रबारको तुलनामा तोलामा २०० रुपैयाँ वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि वृद्धि भएको छ । गएको कारोबार दिनको तुलनामा चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको हो ।
गएको कारोबार दिन चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको छ ।
एक साताको अन्तरालमा चाँदीको भाउ तोलामा ७५ रुपैयाँले वृद्धि भएको छ । गएको साताको आइतबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij