काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुनको तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनलामा तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँबाट बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ ।
महासंघको अनुसार चाँदीको मूल्य बढेर तोलाको १ हजार १८५ रुपैयाँ भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij