२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’

1.8K
Shares

काठमाडौं – वजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नता वारे अध्ययनका लागी महावपूर्ण मानिएको सीसीटिभि फुटेज रिकभर भएको छ । जेठ १४ गते को सीसीटिभी फुटेज नेपाल प्रहरीले रिकभर गरी संसदिय छानविन समितिलाई बुझाएको छ । समितिले विज्ञ सहित फुटेज हेरेको छ । तर फुटेजमा मानिसहरु ओहोर दोहोर गरेको देखिए पनि चिन्न सकिने अवस्थामा छैन ।
अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागे पछि ताकालिन अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका थिए । संसदिय छानविन समितिले नेपाल प्रहरीको फरेन्सिक विज्ञसंग सहयोग मागेको थियो ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि त्यसबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले असार राजीनामा दिएका थिए ।

समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई काम सुरु गरेको मितिदेखि १० दिनको म्याद दिइएको थियो । तर सो समय अवधिमा काम पूरा गर्न नसकेपछि यही साउन ५ गते पुनः ७ दिनको म्याद थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij