काठमाडौं – संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रुपमा अघि बढिरहेको सनराइज बैंकले देशव्यापी रुपमा एक पछि अर्को कार्यक्रम गर्दै गइरहेको छ । यसै क्रममा बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफा मूलक संस्था “ विशेष स्कुल तथा पुनस्थापना केन्द्र’’ लाई सहयोग गरेको हो ।
असार ३० गते आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई .एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो । बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij