काठमाडौं- अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने भएको छ । पोखराको पर्यटकीय नगरी लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि एक हप्ता बन्द रहने भएको छ ।
असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने भएको हो ।
साथै केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने केवलकार कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij