२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

2.4K
Shares

काठमाडौं – बिहीवार नेप्सेमा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ दशमलव ६१ कित्ता बोनस शेयर र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । मिथिला लघुवित्तले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी आरम्भ चौतारी लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ६२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij