२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जिडब्लुएम नेपालको नयाँ सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

जिडब्लुएम नेपालको नयाँ सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

2K
Shares

काठमाडौं – जिडब्लुएम नेपालले ललितपुरस्थित चाकुपाटमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीको यो सर्भिस सेन्टर विश्वस्तरीय सुविधाहरू मापदण्डमा आधारित भई निर्माण गरेको बताएको छ।

सुविधासम्पन्न यस सर्भिस सेन्टरले पन्ध्र हजार वर्ग फिट क्षेत्र ओगटेको छ। यसमा प्रति महिना ६ सय सवारी साधनहरूको सर्भिसिङ क्षमताको साथ ६ कक्षहरू छन्। ग्राकहलाई उत्कृष्ट सेवाका लागि कम्पनीले हाइ-टेक उपकरणका प्रविधिहरू राखेको छ। कम्पनीका उप-महाप्रबन्धक अजित पटेलकाले नयाँ सर्भिस सेन्टरमा सवारी साधन ह्यान्डल गर्न विश्वस्तरीय सुविधा रहेको बताए।

भिजी इम्पेक्स प्रालि लिमिटेड नेपालको लागि जिडब्लुएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो। जिडब्लुएमले हाल नेपालमा हाभल एच-६, हाभल जोलायन र पोइर बिक्री गरिरहेको छ। नेपालमा ओरा गुड क्याट इभी पनि ल्याउने कम्पनीको आगामी योजना छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij