काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij