२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आदर्श लघुवित्तको आईपीओ बाँडफाँटको मिति तय

आदर्श लघुवित्तको आईपीओ बाँडफाँटको मिति तय

1.8K
Shares

काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार १३ गते बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट रू. २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ ।

कम्पनीले रू. ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेकोे हो । सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।

यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij