काठमाडौं – ज्योति विकास बैंकले असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
बेसीशहर नगरपालिका वडा नं. ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर, निस्शुल्क डलर कार्ड जारी, नि.शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, नि.शुल्क मोबाईल बैंकिंग सेवा, नि.शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij