काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुज्यूू र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।
यस पश्चात सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेन्चुरी पे प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij