२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हवाई भाडा बढ्यो, कुन रूटमा कति?

हवाई भाडा बढ्यो, कुन रूटमा कति?

1.9K
Shares

काठमाडौं  – नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।

निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ।

नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो। यस्तै एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा ५०० रूपैयाँ र अन्य विमानस्थलमा ३०० र ४००रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij