२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फक्सवागनको सुविधा सम्पन्न शोरुम नक्सालमा

फक्सवागनको सुविधा सम्पन्न शोरुम नक्सालमा

1.7K
Shares

काठमाडौं– नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले बुधबार नक्सालमा पनि जर्मन स्ट्याडर्डको फ्ल्यागशिप शोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा पाँचतारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शोरुम नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन बहादुर कुवर, विशाल गुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकत विवेक विजुक्छेले जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम नक्सालमा खोल्न पाउँदा निकै खुसीलागको बताउँदै शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने बताए ।

उनले नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको पनि जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्विसिंग र फ्रि कन्सम्बल्स पाउनेछन् ।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij