२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह

ज्योति विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह

2.3K
Shares

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले डिम्याट खाता नविकरण गर्ने अनुरोध गरेको छ । बैंकले २०७८ असार ३१ गतेसम्म डिम्याट खाता खोलेका ग्राहकले नविकरण गर्ने भनेको हो ।

प्रत्येक आर्थिक वर्षमा वार्षिक खाता संचालन बापतको शुल्क १ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने ब्यवस्था अनुरुप आर्थिक वर्ष २०७८।०७९ को वार्षिक खाता संचालन शुल्क बैंकको शाखाहरु, मोबाइल वालेट इसेवा, आईएमई पे, प्रभु पे, खल्ती र कनेक्ट आइपिएसको माध्यमबाट भुक्तानी गर्ने बैंकले आग्रह गरेको हो ।

साथै, नविकरण नभएका सम्पूर्ण खाताहरु सो शुल्क भुक्तानी नभएसम्मका लागि फ्रिज गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij