२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानसेनापति प्रभुराम शर्मा असार १३ गते अमेरिका जाने

प्रधानसेनापति प्रभुराम शर्मा असार १३ गते अमेरिका जाने

2.2K
Shares

काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन्। अमेरिकाको औपचारिक निमन्त्रणामा उनी अमेरिका जान लागेको सेनाले जनाएको छ। उनी असार १७ गतेसम्म अमेरिकामा रहनेछन्।

भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सेनाको विश्वास छ। अमेरिका भ्रमण सुरू हुनुभन्दा पहिला प्रधान सेनापति शर्मा लेबनान र सिरिया जाने भएका छन्। त्यसका लागि उनी असार ४ गते त्यसतर्फ जाँदैछन्।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युनएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाबारे जानकारी हासिल गर्ने उद्देश्यका साथ लेबनान र सिरिया जान लागेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij