काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ ।
पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ । सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्न मा applydl.dotm.gov.np लगईन गरी नयाँ आवेदन फारम भर्न सकिने विभागले जनाएको छ । वर्ग थप गराउन चाहनेका लागि अर्को हप्ताको सोमबारबाट मात्रै खुला गरिनेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij