२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं–८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं–८ मा कांग्रेसको प्यानलै विजयी

16.9K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नम्बर–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् ।

संगतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानल नै निर्वाचित भएको हो ।

संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij