नुवाकोट – नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार मेयरका उम्मेदवार नेपाली काँग्रेसका श्रेष्ठले १५ हजार ८२६ मत पाएर विजय हासिल गरेका छन् भने माओवादी केन्द्रकी प्रभाले १२ हजार ८६० मत पाएकी छन् ।
मतपरिणामअनुसार प्रभावले उपमेयरमा एमालेकी अम्बिका पौडेललाई हराएकी हुन् । अम्बिकाले ११ हजार ९९५ मत पाइन् । यस्तै श्रेष्ठले एमालेकै सञ्जु पण्डितलाई हराएका हुन् । सञ्जु १२ हजार १५४ मत ल्याएर पराजित भए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij