२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनकोशी गाउँपालिका अध्यक्षमा माओवादीकी दीपा बोहरा विजयी

सुनकोशी गाउँपालिका अध्यक्षमा माओवादीकी दीपा बोहरा विजयी

3K
Shares

काठमाडौं- सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका दिपा बोहरा (दाहाल) निर्वाचित भएकी छन् । उनले ५३७३ मत ल्याएर विजयी हुँदा एमालेका रोमनराज गिरीले ५०९८ मत पाए ।

अध्यक्षमा उन्नत लोकतन्त्र पार्टीका बालकुमार बुर्जाले ९०, राप्रपाका अनुजकुमार दाहालले ४२, बीपी कांग्रेसका माधवप्रसाद न्यौपानेले ३६ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका कपिलकुमार कोइरालाले ६५९४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेकी हेमाकुमारी अधिकारीले ३९५८ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij