२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

2.7K
Shares

काठमाडौं- डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् ।
गुरुङले ५३५ मतका साथ माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

गाउँपालिकाको वडानम्बर १ र ३ मा माओवादीले अध्यक्ष जितेको छ । यस्तै २, ५ मा कांग्रेस तथा ४, ६ मा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij