शिवपुरी- शिवपुरी गाउँपालिका वडा नं. ७ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी ।वडा नं. ७ को अन्तिम मतगणना परिणाम अनुसार वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर बहादुर तामाङ ६६५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शिव गुणीले ५९९ मत प्राप्त गरे । अन्य वडा अध्यक्ष उम्मेदवारहरु नेकपा एमालेका राजाराम गुणीले २०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राम लामाले ९२ मत प्राप्त गरे ।
त्यस्तै वडा नं. ७ को महिला वडा सदस्यमा जुनु कुमारी तामाङ, दलित महिला सदस्यमा पार्वती विश्वकर्मा र वडा सदस्यहरुमा मनिष गोतामे र रण सिंह तामाङ विजयी भएका छन् । वडा सदस्यमा निर्वाचित जुनुकुमारी तामाङले ६०४, पार्वती विश्वकर्माले ५९२, मनिष गोतामेले ५३४ र रणसिंह तामाङले ५४८ मत प्राप्त गरे ।
महिला वडा सदस्य उम्मेदवार नेपाली कांग्रेसका कुमारी डंगोलले ५३९, नेकपा एमालेका सुभद्रा पाण्डेले २१९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बुध कुमारी श्रेष्ठले १२५ मत प्राप्त गरे । त्यस्तै दलित महिला वडा सदस्य उम्मेदवारहरु नेपाली कांग्रेसका मनिषा बराईलीले ५३८, नेकपा एमालेका कौशिल्या परियारले २१७, र राष्टिय प्रजातन्त्र पार्टीका कमला सुनारले ९६ मत प्राप्त गरेका छन् ।
वडा सदस्य उम्मेदवारहरु नेपाली कांग्रेसका शेर बहादुर तामाङले ५२०, सुनिल गुरुङले ५२८, नेकपा एमालेका नकुल बहादुर गुरुङले २४९, धन सिं तामाङले १९६, राष्टिय प्रजातन्त्र पार्टीका किरण गुरुङले १२३ र सानु कुमार तामाङले ८७ मत प्राप्त गरेका छन् ।
