२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

2K
Shares

काठमाडौं – भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । भारतको विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको जनाएको छ । उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ ।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij