२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्लाहीको रामनगरको अध्यक्षमा माओवादीका २२ वर्षिय यादव निर्वाचित

सर्लाहीको रामनगरको अध्यक्षमा माओवादीका २२ वर्षिय यादव निर्वाचित

2.5K
Shares

सर्लाही -सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij