काठमाडौं– टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मदन गुरुङको टिम विजयी भएको हो ।
निर्वाचित हुनेमा दलित महिला सदस्य आशा परियार,महिला सदस्य अन्जना बोहरा,खुल्ला सदस्य हरि कृष्ण श्रेष्ठ,खुल्ला सदस्य महेश विष्ट रहेका छन् ।
वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij