भोजपुर – भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित भएका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेलबाट माओवादीका थामबहादुर राई ३०७७ मत ल्याएर एमालेका बलराम राई पराजित भएका हुन्। एमालेका बलराम राईले २८५१ मत ल्याएर पराजित भएका हुन्।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५७७ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका कमलादेवी राईले २२१४ मत ल्याएर पराजित भएकी छिन्। माओवादी र काँग्रेसको तालमेल थियो भने एमाले एकल प्रतिस्पर्धामा थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij