शिवपुरी – शिवपुरी गाउँपालिकाको वडा नं. २ को मतगणना सुरु भएको छ । १८७८ मतदाता रहेको वडा नं. २ मा १३७७ मत खसेको छ । अहिले मतगणना दुई ठाउँबाट गरिएको छ । यसभन्दा अघि एक ठाउँमा मात्र मतगणना हुँदा नतिजा आउन ढिलाई भएको थियो । शिवपुरी गाउँपालिकाको हलमा दुई स्थानमा मतगणना सुरु गरिएकाले अब नतिजा छिटो आउने निर्वाचन अधिकृत खरुदेव चुँडालले बताए ।
वडा नं. २ मा नेपाली कांग्रेसबाट रुद्र बहादुर गुरुङ, नेकपा एमालेबाट कुल बहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट कुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सञ्जय तामाङ वडा अध्यक्ष पदका उम्मेदवार छन् । हालसम्म २०० मत गणना हुँदा माओवादीका उम्मेदवार कुमार तामाङले ९४ मत पाएका छन् भने उनलाई ७९ मतका साथ नेपाली कांग्रेसका उम्मेदवार रुद्र बहादुर गुरुङले पछ्याइरहेका छन् ।
गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका गोविन्द थपलियाले वडा नं. २ बाट ७२ मत पाउँदा माओवादी र समाजवादीका गठबन्धन उम्मेदवार पदम बहादुर उप्रेतीले ५८ मत पाएका छन् । हालसम्म पदम उप्रेतीको ९३८ र गोविन्द थपलियाको ६४३ छ । एमालेका जितेन्द्र बिष्टको १७९ र राप्रपाका सुन्दर प्रसाद पाण्डेको १६१ मत छ । त्यस्तै उपाध्यक्षमा हालसम्म गठबन्धन उम्मेदवार विर बहादुर तामाङको १०३७, नेपाली कांग्रेसका इन्दिरा थापा खड्काको ६६१, राप्रपाका बट्टाई अधिकारीको १८७ र एमालेका मंगलमाया प्रजापतिको १६६ मत छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij