लमजुङ – नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका हुन् ।
एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याएका छन् ।
एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ (३९५ मत), दलित महिला सदस्यमा गंगामाया विक (३८५ मत), खुला सदस्यमा निर्मलजंग गुरुङ (३९० मत) र हेमजंग गुरुङ (३८८ मत) विजयी भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij