भरतपुर – भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्। ७ सय मत गन्दा रेनुले २ सय ७८ मत ल्याएकी छन् भने एमाले-राप्रपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका विजय सुवेदीले २ सय ५८ मत ल्याएका छन्।
सत्ता गठबन्धनको बागी बनेर उठेका जगन्नाथ पौडेलले ९५ मत ल्याएका छन्। त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३ सय १७ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १ सय १९ मत ल्याएकी छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij