काठमाडौं– काठमाडौंको टोखा नगरपालिका वडा नं १ मा वडा अध्यक्ष पदमा ७ जना प्रतिस्पर्धामा रहेका छन् । नेकपा (माओवादी केन्द्र) बाट सन्तोष दुलाल, नेपाली काङ्ग्रेसबाट रमेशकुमार लामिछने, नेकपा एमालेबाट पन्चलाल डंगोल रहेको छ । तर नेकपा एमालेकै अरु २ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यस कारण पनि वडामा एमालेको मत विभाजन हुने भएको छ ।
गत निर्वाचनमा यस वडामा एमालेले जित हासिल गरेको थियो तर यस पटक पुतली चिन्ह बाट मिलन कुमार दुलाल र ब्याडमिन्टन कर्कबाट सालिकराम बिडारीको पनि उम्मेदवारी रहेको छ । एमाले भित्र आन्तरिक रुपमा चरम विवाद रहेको देखिन्छ । साथै नेमकिपा र राप्रपाले पनि वडाबाट अध्यक्षको उम्मेदवारी दिएका छन् ।
यस वडाबाट नेकपा (माओवादी केन्द्र) ले उपमेयरमा यमुना पुडासैनीलाई अघि सारेको छ।
यस वडामा मुख्यत तीन पार्टीको प्रतिस्पर्धा रहने देखिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij