काठमाडौं – हजारौं युवालाई रोजगारी दिने शेखर श्रेष्ठ काठमाडौंको टोखा नगरपालिकामा मेयर पदका प्रत्याशी हुन । उनले साहारा राइड सेयरिङ एप मार्फत युवालाई नेपालमै रोजगारी दिइरहेका छन् । प्रविधिको प्रयोग मार्फत उनले युवालाई आत्मनिर्भर बनाएका छन् ।
लायन्स क्लव अफ काठमाडौं देउरालीका चाटर प्रसिडेन्ट, धापासी जात्रा व संस्कृति संरक्षण पुचका सचिव तथा विजनेश ग्रोथ कम्पनि (साहारा राइड सेयरिङ) का अध्यक्ष रहेको उनी स्थानिय गुठिका साथै विभिन्न सामाजिक संघसंस्थामा कुशल नेतृत्व गरिसकेका छन् ।
विगत लामो समयदेखी स्थानिय स्तरहको विकास निर्माणमा सक्रिय रहेका उनी जनतामा लोकप्रिय रहेका छन् । बोलेको कुरा जसरी नी पु¥याउने उनको स्वभाव रहेको स्थानियहरु बताउँछन् । गर्न सक्ने काम मात्र भन्ने र त्यसलाई पुरा गर्ने उनको स्वभाव रहेको छ ।
टोखा नगरपालिकाको विकासको लागि शेखर श्रेष्ठ आए टोखाले मुहार फेर्ने स्थानियहरु बताउँछन् । नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij