२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा पहिलो पटक नबिल बैंक युएसडिएबाट सूचीकृत

नेपालमा पहिलो पटक नबिल बैंक युएसडिएबाट सूचीकृत

1.1K
Shares

काठमाडौं– नबिल बैंकले अमेरिकी कृषि विभाग (युएसडिए)द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिए सँग सम्झौता गरेको छ।
नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो।
यो व्यवस्थासँगै नबिल बैंकले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ। युएसडिए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन।
यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij