काठमाडौं – बैशाख ३० गने हुने स्थानिय तह निर्वाचनमा टोखा नगरपालिकामा माओवादी केन्द्रले आफ्नो घरदैलो कार्यक्रम तिब्र पारेको । २१ गते माओवादी केन्द्रले टोखा नगरपालिका वडा नं. १ झोर क्षेत्रमा घरदैलो कार्यक्रममा उत्साहजनक सहभगीता रहेको थियो ।
नगर प्रमुखमा उम्मेदवार शेखर श्रेष्ठ र उप्रमुखका उम्मेदवार यमुना पुडासैनीसहित वडा अध्यक्षका उम्मेदवार सन्तोस दुलाल, वडा सदस्यका उम्मेदवारहरु सुधा लामिछाने, गोमा सुनुवार, दिलिप तामाङ र श्यामकाजी श्रेष्ठको उपस्थितीमा घरदैलो कार्यक्रममा पार्टीका कार्यकर्ता, शुभेच्छुकलगायत सयौंको संख्यामा जनताको उपस्थिती रहेको थियो ।
त्यसैगरी घरदैलो कार्यक्रममा जिल्ला अध्यक्ष हिमाल शर्मा, नगर इन्र्जाज कल्पना शर्मा लगाएताका जिल्ला तथा क्षेत्रिय स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।
आफ्नो पक्षमा जनलहर देखेपछि उम्मेदवारहरु उत्सासहित भएका छन् । यसपालि माओवादी केन्द्रले उम्मेदवारहरु राम्रो उठाएको कारण पनि उनीहरुका पक्षमा पल्लाभारी हुने देखिन्छ ।
यस पटक नेकपा माओवादी केन्द्रको टोखामा प्रमुख, उप्रमुखसहित अघिकांश वडा अध्यक्षहरु जित्नेमा ढुंक रहेको माओवादी केन्द्रका नेताहरु बताँछन् । सहि उम्मेदवार छनोट भएको र टोखा नगरको विकास र समृद्धिका लागि स्पष्ट योजनाका साथ आएको कारण पनि आफुहरुको जित हुनेमा विश्वस्त रहेको ति नेताले भने ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij